वालेन सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजीले शनिबार पत्रकार सम्मेलन गर्दै

  • शुक्रबार​ २९ साउन २०८३ ०९:०६ AM
काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताए । कमन जेनजी नेपालले आउँदो २३ भदौमा काठमाडौं सहित देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ । ‘देशको वर्तमान अवस्था र जेनजी आन्दोलनको समीक्षा गर्दै वर्तमान सरकारका सन्दर्भमा विभिन्न जेनजी संगठन र अभियन्ताहरूको विशेष पत्रकार सम्मेलन सहित विशेष अन्तक्र्रिया कार्यक्रम काठमाडौंको संवाद डबलीमा शनिबार गर्दैछौं,’ अध्यक्ष साहले भने । पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा कमन ... The post वालेन सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजीले शनिबार पत्रकार सम्मेलन गर्दै appeared first on Kalika Khabar.