भरतपुरको बस्तीमा चितुवाको चहलपहल, स्थानीयवासीमा त्रास

  • शुक्रबार​ २९ साउन २०८३ ०८:२८ AM
नारायणगढ (चितवन) । भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उसले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्राविधिक तीर्थ लामाले बस्तीमा देखिएको चितुवा बच्चासँग भएकाले बच्चालाई बाघबाट जोगाउन र सुरक्षित राख्न बस्तीतिर छिरेको हुनसक्ने बताए ।