बनेपामा बसको ठक्करबाट स्कुटर पछाडि सवार वृद्धको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०३:०१ PM
बनेपा : बनेपा नगरपालिका–७ चारदोबाटो चोक नजिक शुभकामना हल अगाडि शुक्रबार बिहान भएको सवारी दुर्घटनामा स्कुटर पछाडि सवार एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ११:१५ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।दुर्घटनामा स्कुटर पछाडि सवार पनौती नगरपालिका–८ मल्पी निवासी ६९ वर्षीय देबेन्द्रबहादुर खत्री गम्भीर घाइते भएका थिए। उनको दुवै हा