रौतहट। चालकलाई कुटपिट गरिएको घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा शुक्रबार बिहान सवारी चालकहरूले चक्काजाम गरेका छन्। चालकहरूले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र घाइते चालकलाई न्याय दिनुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका हुन्। गौर नगरपालिका–४ स्थित बसपार्क नजिक गौर–चन्द्रनिगाहपुर सडकखण्डमा ईभीलगायतका सवारीसाधन सडकमा तेर्साएर चालकहरूले केही समय प्रदर्शन गरेका थिए। चक्काजामका कारण वीरन्द्र राजमार्गमा समेत सवारी आवागमन प्रभावित भएको थियो। गत सोमबार गौर(गंगापिपरा सडकखण्डअन्तर्गत सिर्सिया क्षेत्रमा सडकमा रहेको कुकुरलाई जिपले ठक्कर दिएर मारेको विषयलाई लिएर चालक अरविन्द पण्डितमाथि कुटपिट भएको आरोप छ। दुर्गा भगवती गाउँपालिका–३ का २५ वर्षीय पण्डितका अनुसार पाहुना लिएर ... The post चालक कुटपिटको विरोधमा गौरमा चक्काजाम, प्रहरीको पहलमा खुल्यो सडक appeared first on Kalika Khabar.