हुम्लाबाट ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

  • शुक्रबार​ २९ साउन २०८३ ०२:०१ PM
हुम्ला :  हुम्लाको नाम्खा गाउँपालिका-२, नावलथाङस्थित क्षेत्रबाट ठूलो परिमाणमा अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरिएको छ।चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको उक्त मदिरा साउन २८ गते संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले उक्त अपरेसन सञ्चालन गरेको थियो