विश्वप्रकाशले देउवालाई भनेः ३६ वर्षका बालेन्द्र शाह प्रधानमन्त्री छन्, गगनको नेतृत्व स्वीकारेर अघि बढ्नुस्

  • शुक्रबार​ २९ साउन २०८३ ०७:३४ AM
काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएपछि व्यक्त गरेको ‘परिवर्तन आत्मसात् गर्ने’ र ‘युवालाई अघि बढाउने’ भनाइलाई संस्थापनइतर समूहको शुक्रबारदेखि सुरु हुने राष्ट्रिय भेलाले केन्द्रमा राख्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले देउवाको लिखित अभिव्यक्तिलाई स्मरण गर्दै कांग्रेसले अहिले यही विषयलाई आत्मसात् गर्नुपर्ने बताए