रोल्पा– रोल्पाको सुनछहरी गाउँपालिका–२ फलावाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ । बिहीबार राति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ७७ वर्षीय वीरबहादुर घर्तीमगर, उनकी ६८ वर्षीया श्रीमती शनी घर्तीमगर र छिमेकी ७० वर्षीया लली घर्तीमगर बेपत्ता भएका थिए । लली राति वीरबहादुरको घरमा सुत्न गएकी थिइन् । प्रहरी