युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल

  • शुक्रबार​ २९ साउन २०८३ ०८:१३ AM
काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। भेटका क्रममा मन्त्री मेहता र युएनएफपिएका प्रतिनिधिहरुबीच नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना आदानप्रदान भएको थियो।