होर्मुज जलडमरूबारे अमेरिका र इरानको आ–आफ्नै दाबी

  • शुक्रबार​ २९ साउन २०८३ ०७:३० AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कडा प्रतिवाद गरेका छन् । अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधारमा होर्मुज जलडमरूमध्यबारे ‘गलत आकलन’ नगर्न चेतावनी दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेका थिए ।