हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ स्थित नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा तथा १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर