रोल्पामा फेरि अर्को पहिरो, तीनजना बेपत्ता

  • शुक्रबार​ २९ साउन २०८३ ०६:४१ AM
रोल्पा । रोल्पामा फेरि ठूलो पहिरो गएको छ । सुनछहरी गाउँपालिका- २ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका हुन् । आज बिहान सवा ८ बजेतिर स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुर्दा वीरबहादुर, उनकी श्रीमती शनी घर्ती मगर र छिमेकी लली घर्ती मगर बेपत्ता भएका हुन् । हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना अझै बैपत्ता छन्। The post रोल्पामा फेरि अर्को पहिरो, तीनजना बेपत्ता appeared first on Kalika Khabar.