धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) बमोजिम भट्टलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए। तोकिएको समयभित्रै भट्टले आवश्यक समर्थनसहित दाबी प्रस्तुत गरेका थिए। ... The post एमाले र नेकपा सहकार्य : सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त appeared first on Kalika Khabar.