काठमाडौं : भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।रौतहटबाट प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा-आजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने तीन जनामध्ये एक जना १२ वर्षीय बालक रहेका छन्। मृतक अन्य दुई जनाको भने पहिचान नभएका कारण अहिलेसम्म सनाखत हुन नसकेको स्थ