सांसदहरु अराजक बन्न थालेपछि समीक्षा बाँस्कोटाले सम्झाइन् मर्यादा

  • शुक्रबार​ २९ साउन २०८३ ०६:३६ AM
काठमाण्डु – सांसदहरू संसदीय समितिका बैठकमा अमर्यादित र अराजक ढंगले प्रस्तुत हुन थालेपछि प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सदस्यहरूलाई मर्यादित भएर प्रस्तुत हुन आग्रह गरेकी छन् । शुक्रबार समिति बैठक सुरु गर्दै सभापति बास्कोटाले समितिमा बोलिने भाषा, प्रयोग गरिने शब्द र प्रस्तुत हुने व्यवहारप्रति सदस्यहरूलाई सचेत गराएकी हुन् ।