काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । गत बुधबार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो । श्रेष्ठको निवासबाट बुधबार राति, बिहीबार बिहान जनआस्था कार्यालय झम्सीखेल र बिहीबार साँझ बागडोल नख्खुबाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आज आदेश दिएको हो । पत्नि श्रेष्ठले दायर गरेको रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडाल लगायतले बहस गरेपछि अदालतले सो आदेश दिएको हो । The post पत्रकार किशोर श्रेष्ठलाई बरामद सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश appeared first on Kalika Khabar.