काठमाडौं । उत्तराखण्डको चमोली जिल्लास्थित पिपलकोटीमा टीएचडीसीको निर्माणाधीन सुरुङमा फसेका मजदुरमध्ये सातजनाको मृत्यु भएको छ । सुरुङमा पानी र पहिरोको लेदो पसेपछि ठूलो दुर्घटना भएको छ । दुर्घटनाका बेला सुरुङभित्र २० देखि २२ जना मजदुर काम गरिरहेका थिए । उद्धार अभियानका क्रममा सुरुङबाट निकालिएका १९ जनालाई गोपेश्वर जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरूले तीमध्ये सातजनालाई मृत घोषित गरेका छन् । १० जना अस्पताल भर्ना, एक गम्भीर घाइते अस्पतालका चिकित्सक डा. आयुषका अनुसार उद्धार गरिएका बाँकी मजदुरहरूको अवस्था तुलनात्मक रूपमा स्थिर छ । १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने एकजना गम्भीर घाइते ... The post उत्तराखण्डको सुरुङमा फसेका मजदुरमध्ये सातजनाको मृत्यु appeared first on Kalika Khabar.