रुकुम पूर्व : जिल्लामा भारी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले शुक्रबार सूचना जारी गर्दै जिल्लाअन्तर्गत पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको काँडाबगर र धौलापहिरालगायतका क्षेत्रमा पहिरो आएर सडक अवरुद्ध भएको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार केही दिन अझै वर्षाको सम्भावना रहेकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णय