काठमाण्डु – रोल्पामा फेरि पहिरो गएको छ । सुनछहरी गाउँपालिका-२, गाममा बिहीबार राति परेको वर्षाका कारण पहिरो गई घरहरू पुरिँदा १ जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्। रोल्पाका प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखुले पहिरोले मानिस पुरिएको पुष्टि गरे भने सुनछहरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर बुढाले फलबाङमा तीन जना पुरिएको बताए। घटनास्थलमा उद्धार तथा