काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालत उपस्थित गराउन सर्वाेच्चले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित अदालत उपस्थित गराउन भनेको हो । पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सो रिट उपरको सुनुवाइमा यस्तो आदेश भएको हो ।