वर्तमान विश्व निरन्तर बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व र शक्ति राष्ट्रहरूको स्वेच्छाचारी व्यवहारका कारण गम्भीर सङ्कटबाट गुज्रिरहेको स्थिति छ। राज्यहरूको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र असीमित महत्वाकांक्षाका कारण स्थापित अन्तर्राष्ट्रिय कानुनका मान्यताहरू ओझेलमा परेका देखिन्छन् ।