नेपालको राजनीतिक र सामाजिक बहसमा बारम्बार सुनिन्छ– ‘पुराना सबै गलत हुन्, पुराना दल सबै असफल हुन्।’ यो भनाइलाई केवल नयाँ पुस्ताको आक्रोश, असन्तुष्टि वा राजनीतिक अपरिपक्वताको परिणाम भनेर बुझ्नु पर्याप्त हुँदैन। यसको गहिराइमा पुग्ने हो भने समस्या पुस्ताबीचको दूरीमात्र होइन, संवादमा पनि समन्वयको अभाव हो।नयाँ पुस्ता प्रश्न गरिरहेको छ। पुराना मान्यता, संस्था, नेतृत्व र राजनीतिक दलमाथि प्रश्न उठाइरहेको छ। यो स्वाभाविकमात्र होइन, लोकतन्त्रको स्वस्थ लक्षण पनि हो। तर, प्रश्न गर्ने पुस्ता