अस्ट्रेलियामा ह्यान्सनविरुद्ध हजारौँ विद्यार्थी सडकमा (तस्बिरसहित)

  • शुक्रबार​ २९ साउन २०८३ ०४:४७ AM
सिड्नी। अस्ट्रेलियाका प्रमुख सहरमा बिहीबार (१३ अगस्ट) हजारौँ उच्च माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी कक्षा छाडेर दक्षिणपन्थी नेता पाउलिन ह्यान्सन र उनको दल ‘वन नेसन’विरुद्ध सडकमा उत्रिएका छन्। राष्ट्रिय विद्यार्थी सङ्घ (NUS)को समन्वयमा ‘स्टुडेन्ट्स से नो टु ह्यान्सन’ नारासहित आयोजना गरिएको देशव्यापी प्रदर्शनमा विद्यार्थीहरूले नस्लवाद, विभेद र आप्रवासी विरोधी राजनीतिविरुद्ध आवाज उठाउँदै बहु सांस्कृतिक तथा