काठमाण्डु – अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा क्षति पुर्याएको छ । यस्तै अविरल वर्षाका कारण भेरी कोरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटअन्तर्गत इलाका प्रहरी कार्यालय रग्दाका अनुसार बिहीबार रातिदेखि परेको लगातार वर्षाका कारण तासुघाट