सुशासनका लागि सरकारी सेवा ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ हुनुपर्छ : सिएनआई अध्यक्ष पाण्डे

  • शुक्रबार​ २९ साउन २०८३ ०४:३८ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सरकारी सेवाहरू ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ हुनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले सरकारी सेवा पूर्ण रूपमा डिजिटल र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कविहीन बनाउन सके सेवा प्रवाह प्रभावकारी हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।