नेपाल चेम्बर र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि पाँच वर्षे समझदारी

  • शुक्रबार​ २९ साउन २०८३ ०५:०९ AM
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास र उद्योग–शैक्षिक सहकार्यका लागि पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै संस्थाले विद्यार्थी, उद्योग, स्टार्टअप, लगानीकर्ता र नीतिनिर्माताबीच सहकार्य बढाउनेछन्