अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्डनजिक मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा बाढी पसेपछि तीन जना फसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको रोप रेस्क्यु तथा गोताखोरसहितको सुरक्षा