पुजारीको भेषमा लुकिछिपी बस्दै आएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ

  • शुक्रबार​ २९ साउन २०८३ ०३:१६ AM
जनकपुरधाम । सिराहामा साधुबाबा (पुजारी)को भेषमा लुकिछिपी बस्दै गरेको अवस्थामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् । प्रहरीका अनुसार यादव समेत ११ जना प्रतिवादीहरू मिलेर २०४१ वैशाख १ गते सोही स्थानमा वैशाखे मेलाको अवसरमा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा साबिक खरुक्याही गाविस ४ बस्ने रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरी हत्या गरेका थिए । सोही घटनामा संलग्न भएको आरोपमा उच्च अदालत यादवलाई १ वर्ष कैद सजाय तोकेको ... The post पुजारीको भेषमा लुकिछिपी बस्दै आएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ appeared first on Kalika Khabar.