बाजुरा : बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण घरमाथिबाट खसेकाे पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा तीन जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। पहिरोमा परी कर्ण थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापा, सोही ठाउँका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावत घाइते भएका छन्।घाइते थापाको दायाँ खुट्टा र शरीरमा चोट लागेको छ भने रावतको टाउको, शर