सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ

  • शुक्रबार​ २९ साउन २०८३ ०३:३२ AM
काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट बन्ने भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार आज बिहान ११ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् ।