कास्कीमा बाढीले २ वटा पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

  • शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM
कास्की : कास्की र पर्वतको सिमानामा गएराति आएको भीषण बाढीले दुईवटा मेटल पुल र मन्दिरको आधा भाग बगाएको छ। बाढीका कारण मन्दिरमा फसेका ३ जनाको उद्धारका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली खटिएको छ।साउन २९ गते राती २:१५ बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने नयाँपुल-बिरेठाँटी सडक खण्ड नजिकै मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुवै तर्फका मेटलका पुलहरू बगाएको हो।मोदीखोलाको बीच भागमा रहेको अन्नपूर्ण माता मन्दिर जाने पुलहरूसँगै बाढीले मन्दिरको आधा भागसमेत कटान गरी बगाएको