पहिरोले अवरुद्ध मुग्लिङ–काठमाडौं सडक ६ घण्टापछि पुनः सञ्चालनमा

  • शुक्रबार​ २९ साउन २०८३ ०९:०१ AM
धादिङ: धादिङको थाक्रे गाउँपालिका–६, आठकिलोमा खसेको पहिरो करिब ६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा आएको छ  । शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका विभिन्न स्थानमा सवारीसाधनहरू रोकिएका थिए।जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालका अनुसार चारवटा डोजर प्रयोग गरी पहिरो पन्छाएपछि बिहान करिब ८:०० बजेदेखि सडकमा सवारी आवागमन सुचारु भएको