दमौली । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो । सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको भवनले