काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो । नाफा बढेसँगै बैंकको प्रतिशेयर