बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध : कुन-कुन सडक खुले, कुन बन्द छन् ?

  • शुक्रबार​ २९ साउन २०८३ ०२:५२ AM
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका धेरै सडकमा यातायात प्रभावित भएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै सडक अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द