सांसद खगेन्द्र सुनारको अभिव्यक्तिले तान्यो विवाद, पूर्व प्रहरी उच्च अधिकारीले भने– प्रहरीको मनोबल गिराउने काम नगरौँ

  • शुक्रबार​ २९ साउन २०८३ ०३:०४ AM
सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरूले प्रहरी अधिकारीहरूमाथि अमर्यादित व्यवहार गरेको आरोप लागेपछि त्यसप्रति विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको छ। संसदीय निगरानीका नाममा प्रहरी अधिकारीहरूको हुर्मत लिने र अनुसन्धान प्रभावित पार्ने शैली अपनाइएको भन्दै प्रश्न उठेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उन्नत लोकतन्त्रका मूल्य–मान्यता र