बीरगञ्ज । इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले करिब ७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। बरामद गरिएको घरेलु मदिरा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको हो। घरेलु मदिराको अवैध उत्पादन तथा बिक्री–वितरण नियन्त्रणका लागि प्रहरीले गरेको यो कारबाहीलाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ। समाजमा विकृति, झै–झगडा तथा विभिन्न सामाजिक समस्या निम्त्याउन सक्ने अवैध मदिराजन्य गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनले देखाएको सक्रियता प्रशंसनीय रहेको छ। यस अभियानमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राको उपस्थितिले स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई थप बलियो बनाएको देखिन्छ। वडाध्यक्ष मिश्राले ... The post घरेलु मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता, जनप्रतिनिधिको सहकार्य प्रशंसनीय appeared first on Kalika Khabar.