कहिले आउला नेपालमा ५जी ?

  • शुक्रबार​ २९ साउन २०८३ ०८:०१ AM
काठमाडौं : नेपालमा पाँचौं पुस्ताको मोबाइल सेवा ‘५जी’ विस्तारको तयारी अघि बढेको छ।नेपाल दूरसञ्चार प्राधिकरणले ५जी सेवा विस्तारका लागि ‘नेपालस् रोड टु ५जी’ नामक मोबाइल ब्रोडब्यान्ड सुधार योजना सार्वजनिक गरेको छ।नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ५जी विस्तारका लागि मस्यौदा तयार पारिएको जानकारी दिए। उनले भने, ‘५जी एक नवीनतम प्रविधि हो।यसका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी छुट्ट्याउने र ३ जी जस्ता पुराना प्रविधिलाई विस्थापित गर्ने योजना अघि सारिएको छ।