काठमाडौं : एनसेलको सेयर तथा स्वामित्व हस्तान्तरणमा पटक–पटक विदेशी संरचना प्रयोग भएको, ८० प्रतिशत सेयर खरिद–बिक्री पूर्वस्वीकृतिबिनै भएको र कारोबार मूल्य तथा लगानीको स्रोतसमेत स्पष्ट नभएको भन्दै छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ।पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको समितिले एनसेलको सेयर कारोबारबारे थप अनुसन्धान गर्न सुझाव दिएको छ।कर, विदेशी लगानी, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण र एनसेल–स्मार्ट टेलिकमबीच सम्भावित ‘क्रसहोल्डिङ’बारे पनि अनुसन्धान गर्न