मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध, चार डोजरले पहिरो पन्छाइँदै

  • शुक्रबार​ २९ साउन २०८३ ०८:०० AM
धादिङ : धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको छ।शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकमा सवारी आवागमन प्रभावित भएको हो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका स्थानहरूमा सवारीसाधनहरू रोकिएका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) प्रकाश दाहालका अनुसार अहिले चारवटा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो हटाएर शीघ्र सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।सडक अवर