कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्दै

  • शुक्रबार​ २९ साउन २०८३ ०१:४० AM
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुँदैछ । भेलाको उद्घाटन बिहान साढे ११ बजे कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् । भेला साउन ३१ गतेसम्म चल्नेछ । भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला रहेका छन् ।