लोकतन्त्रमा कानुनका सामु सबै समान भनेरमात्रै हुँदैन, कानुनी व्यवस्था नै न्यायोचित हुनुपर्छ। र, त्यो व्यवहारमा देखिनु पर्छ। त्यसैले भनिन्छ, कानुनद्वारा शासन गर्ने होइन, कानुनी शासन हुनुपर्छ। अर्थात् सबैका लागि समान कानुन नै विधिको शासन हो। कसैका लागि कुनै विशेषाधिकार र कसैलाई असमानता हुने गरी कानुन पनि बनाइनु हुँदैन भन्ने हो। यो प्रसंग नेपाल वायुसेवा निगमका हकमा सान्दर्भिक किन छ भने एउटै संस्थामा त्यहाँ कसैको अवकाश उमेर ४५ त कसैको ६५ सम्म छ। क्याबिन क्रु अर्थात् एयर होस्टेसहरूलाई कुनै दफामा