सगरमाथामा इन्धन र पिसाबको ताप: एकै सिजनमा ८ लाख मेगाजुल ग्यास उत्सर्जन

  • शुक्रबार​ २९ साउन २०८३ ०७:०१ AM
काठमाडौं : सन् २०२३ को करिब ५० दिन अर्थात् सगरमाथा आधारशिविरमा आरोहणको एउटा सिजनमा भएका मानवीय गतिविधिबाट मात्रै करिब ८ लाख ४९ हजार १ सय ७४ मेगाजुल ऊर्जाबराबरको ग्यास उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा मानिसको बाक्लो उपस्थिति र गतिविधिले वातावरणमा तीव्र नकारात्मक प्रभाव पारिरहेको भन्दै उक्त अध्ययनले गम्भीर चिन्ता व्यक्त गरेको छ।‘इफेक्ट्स अफ ह्युमन एक्टिभिटी अन खुम्बु ग्लेसियरः टुवड्र्स अ सस्टेनेबल एभरेस्ट बेस क्याम्प’ शीर्षकको अध्ययनअनुसार सन् २०२३ मा सगरमाथा