बाढीले बगाउँदा नवलपुरमा एक जनाको मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०७:०० AM
नवलपुर : नवलपुरको हुप्सेकोट गाउँपालिका-४, झ्यालबासमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।ज्यान गुमाउनेमा हुप्सेकोट गाउँपालिका-४, झ्यालबासका करिब ५५ वर्षीय कृष्णबहादुर झेडी मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।प्रहरीका अनुसार बिहीबार राति घरनजिकै रहेको ढोडढोइँ खोल्सामा काठको मुडा हटाउन गएका मगरलाई खोल्सामा आएको बाढीले बगाएको थियो।लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी गर्ने क्रममा मगरलाई हुप्सेकोट-४ स्थित गिरुवारी खोला किनारमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। खो