नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

  • बिहीबार २८ साउन २०८३ ११:०१ PM
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन्।नाइमा एक्स्पोको को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन्। आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरु बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन्।बैंकहरुले आधारदरमा ०.५ प्रतिशतदे