बालबालिका खोजतलास केन्द्रको प्रगति : हराएकामध्ये ९६% बालबालिका भेटिए, सडकबाट १८६ को उद्धार 

  • बिहीबार २८ साउन २०८३ ०९:५१ PM
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘हराएका बालबालिका खोजतलास तथा पारिवारिक पुनर्मिलन वर्ष–२०८३’ विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। हराएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रालयले यस्तो अभियान सञ्चालन गर्न लागेको हो।  आगामी अभियानले हराएका बालबालिकाको खोजतलासलाई तीव्र बनाउने, परिवार पहिचान तथा सुरक्षित पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिने, संरक्षणमा रहेका बालबालिकाको पारिवारिक पुनःस्थापना गर्ने तथा सम्बन्धित सरकारी निकाय र सरोकारवाला संस्थाबीचको समन्वयलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ। मन्त्रालयमातहतको बालबालिका खोजतलास समन्वय केन्द्र-१०४ ले आर्थिक वर्ष २०८२/०८३ मा हराएकामध्ये ९६ प्रतिशत बालबालिका फेला परेको जनाएको छ।  कुल ८ हजार ७२४ जना बालबालिका हराएको भन्दै उजुरी परेको थियो। केन्द्रको समन्वयमा ८ हजार ४३८ जना बालबालिका फेला परिसकेका छन्। यो वर्ष २८६ जना बालबालिका भने भेटिएका छैनन्। उनीहरूको खोजीकार्य जारी रहेको छ।  बेवारिसे बालबालिकाको उद्धारदेखि परिवारमा पुनर्मिलनसम्म बालबालिका खोजतलास समन्वय केन्द्र–१०४ को विवरणअनुसार आ