अङ्गदान प्रवर्द्धनमा जनचेतना र अस्पतालको भूमिका सुदृढ गर्न आग्रह

  • बिहीबार २८ साउन २०८३ ०३:५७ PM
ललितपुर । विश्व अङ्गदान दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अङ्गदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ। कार्यक्रममा चिकित्सक, अङ्ग प्रत्यारोपण विशेषज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अङ्गदाता परिवार तथा प्रत्यारोपण गराएका व्यक्तिको सहभागिता थियो। अङ्ग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा हालसम्म करिब तीन हजार मिर्गौला र ७५ कलेजो प्रत्यारोपण भएका छन्। तर मस्तिष्क मृत्यु भएका नौ जना दाताबाट मात्र २३ वटा ठोस अङ्ग प्रत्यारोपण सम्भव भएको छ। वक्ताहरूले अङ्गदानसम्बन्धी जनचेतना विस्तार, मस्तिष्क मृत्युको समयमै पहिचान तथा घोषणा, परिवारसँग समन्वय र अस्पतालको भूमिका सुदृढ गर्नुपर्नेमा ... The post अङ्गदान प्रवर्द्धनमा जनचेतना र अस्पतालको भूमिका सुदृढ गर्न आग्रह appeared first on Kalika Khabar.