ट्रायम्फ स्पिड टी४ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ

  • बिहीबार २८ साउन २०८३ ०४:०८ PM
काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा अटो शो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टी४ सार्वजनिक गरेको छ। नयाँ मोडर्न क्लासिक रोडस्टरसँगै नेपालमा ट्रायम्फको ४०० सीसी सेग्मेन्टको पोर्टफोलियो थप विस्तार भएको छ। कम्पनीले स्पिड टी४ को नेपाली बजार मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ। ट्रायम्फको विशिष्ट रोडस्टर डिजाइन, सहज प्रदर्शन, बलियो लो–इन्ड टर्क र सहज ह्यान्डलिङलाई प्राथमिकता दिइएको यो मोटरसाइकल दैनिक आवागमनका लागि लक्षित गरिएको कम्पनीको भनाइ छ। स्पिड टी४ मा ३४९ सीसी लिक्विड–कुल्ड टीआर–सिरिज इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा २९ पीएस ... The post ट्रायम्फ स्पिड टी४ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ appeared first on Kalika Khabar.