नाइमा एक्स्पोमा सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक, स्मार्ट कनेक्टिभिटीसहित

  • बिहीबार २८ साउन २०८३ ०४:१४ PM
काठमाडौँ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक गरिएको छ। सुजुकी मोटरसाइकल नेपालले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ कनेक्टेड मोडल सार्वजनिक गरेको हो। नयाँ एसेस १२५ कनेक्टेडमा ब्लुटुथ जडानसहितको डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा दिइएको छ। यसमार्फत चालकले आफ्नो स्मार्टफोन स्कुटरसँग जडान गरी यात्राका क्रममा विभिन्न उपयोगी जानकारी प्राप्त गर्न सक्नेछन्। स्कुटरमा टर्न–बाइ–टर्न नेभिगेसन, अनुमानित आगमन समय, कल अलर्ट, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, फोनको ब्याट्री तथा नेटवर्क अवस्था, स्पिड अलर्ट, ट्रिप रेकर्डिङ, अन्तिम पटक स्कुटर पार्क गरिएको स्थान र सर्भिस रिमाइन्डरलगायतका सुविधा ... The post नाइमा एक्स्पोमा सुजुकी एसेस १२५ कनेक्टेड सार्वजनिक, स्मार्ट कनेक्टिभिटीसहित appeared first on Kalika Khabar.