सरकार र लघुवित्त पीडितबिच ७ बुँदे सहमति, आन्दोलन स्थगित

  • बिहीबार २८ साउन २०८३ ०३:५३ PM
काठमाण्डु – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालबिच ७ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले राजधानी केन्द्रितसहित सबै आन्दोलनका कार्यक्रम बिहीबारदेखि स्थगित गरेको छ । अर्थमन्त्री स्तरीय निर्णयबाट गठित लघुवित्त पीडित समझदारी समिति र आन्दोलनका प्रतिनिधिबिच बिहीबार अर्थ मन्त्रालयमा सहमति भएको छ । सहमतिअनुसार लघुवित्तका सदस्य तथा ऋणीका समस्या अध्ययन