काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ हरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ । कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ का आधारमा सम्झौता गरिएको हो । स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न